logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेसँग सहकार्य हुँदैन : जसपा


अंकुरण खबर
1.456K
Shares

जनता समाजवादी पार्टीले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि बचाउनु नै अहिलेको मुख्य विषय भएको बताएको छ ।

पार्टी संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै जसपा नेता राजेन्द्र महतोले भने, ‘जसले ती उपलब्धि समाप्त गर्न खड्ग लिएर हिँडेको छ, उसैसँग सहकार्य हुन सक्दैन । जसको विरुद्ध लडाइँ लडिएको छ, उसैसँग घाँटी जोड्ने कुरा हुँदैन । गठबन्धन त प्राकृतिक हुनुपर्छ ।’

महतोले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । तर, राजनीतिक निकासका लागि सबै पक्षसँग संवाद गर्न भने पार्टी तयार रहेको उनले बताए । सहकार्यका बारेमा पार्टी छलफलकै क्रममा रहेको उनले सुनाए ।

संघीय समाजवादी र जनता समाजवादी पार्टी एकीकृत भएर जनता समाजवादी पार्टी बनेपछि पहिलोपटक संसदीय दलको बैठक बसेको हो ।