logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पार्टीमा नेपाल समूहका नेताहरूलाई सम्मानजनक व्यवहार हुन्छ : सुवास नेम्वाङ


अंकुरण खबर
2.509K
Shares

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले माधवकुमार नेपाल समूहका नेताहरूलाई सम्मानजनक व्यवहार हुने बताएका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले अरु नेताहरूलाई झैं सम्माजनक व्यवहार नै हुने बताए । उनले सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र व्यूँतिएकाले उनीहरू हाम्रै दलको नेता भएको स्पस्ट पारे ।

एमाले र माओवादी केन्द्रपछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा एमालेका माधव नेपाल समूहका नेताहरुले माओवादी नेताको समर्थन गरेपछि ओली समूहका नेताहरुले नेपाल पक्षीय नेताहरुको कटाक्ष गर्दै आएका छन् ।

नेम्वाङले सत्ता समीकरणका लागि अहिले एमालेले कुनै पनि प्रयास नगरेको बताएका छन् । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको अवस्थामा आफूहरू बहुमत पुगेकाले सत्ता समीकरणको कुराकानी नै नलागेको उनको भनाइ छ ।

यद्यपि नेम्वाङले जसपाका नेताहरूसँग निरन्तर छलफल भएको भने स्वीकार गरे । बैठक सुरु हुनु अघि पनि जसपा नेताहरूसँग छलफल भएको बताउँदै उनले सरकार जसपाको मागमा सकारात्मक भएको स्पस्ट पारे ।

जसपाका नेताहरूले रेशम चौधरी, मधेश र थरुहट आन्दोलनका क्रममा थुनामा राखेका आफ्नो सांसदहरू फिर्ता र संविधान संसोधनमो माग गर्दै आएको छ । केपी ओली सरकारले आफूहरूलाई पहिले नै झुक्याइसकेकाले माग पूरा नभएसम्म सरकारमा नजाने जसपा नेताहरूको अडान छ ।