logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जिप दुर्घटना हुँदा एकको मृत्यु


अंकुरण खबर
962
Shares

कालिकोटबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना भएको छ ।

कर्णाली राजमार्गको रामाघाट नजिकै जिप दुर्घटना हुँदा जिपमा सवार एक जनाको मृत्यु भएको छ भने  १० जना घाइते भएका छन् ।

सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०२४७ नम्बरको जिप कालिकोटबाट १६ जना यात्रु लिएर हिँडेको थियो ।

घाइते १० जनामध्ये ७ जनाको अवस्था गम्भीर रहेको भन्दै प्रदेश अस्पताल कालागाउँ पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रजित सुनारले बताए । सुनारका अुनसार अन्यको अवस्था सामान्य रहेको छ ।

प्रहरीका अनुसार जीप सडकबाट तल खसेको बताएको छ ।