logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले पठाएका सुरक्षाकर्मी विप्लवले फिर्ता गरे


अंकुरण खबर
793
Shares

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले सुरक्षाका लागि उपलब्ध गराएका सुरक्षाकर्मी फिर्ता गरेका छन् ।

प्रतिबन्ध हटाएपछि खुला राजनीतिमा आएका विप्लवको सुरक्षाको लागि गृहमन्त्रालयले इन्स्पेक्टरको कमाण्डमा भ्यान सहित १० जना सुरक्षाकर्मी खटाएको थियो ।

पूर्वप्रधानमन्त्री सरह व्यवस्था गरिएको सुरक्षा विप्लवले फिर्ता गरेका हुन । आफू नेता कार्यकर्ताकै बीचमा रहेको तथा कुनै सुरक्षा खतरा नरहेको भन्दै विप्लवले सुरक्षाकर्मी फिर्ता गरेका हुन ।

हाल विप्लव गृहजिल्ला कपिलवस्तुमा छन्। पार्टी निकट जनवर्गीय संगठनको कार्यक्रमा उनी व्यस्त छन्।