logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माधव नेपाल समुहको केन्द्रीय कमिटी बैठक बस्दै, ओलीले पेल्न खोजे सशक्त प्रतिवाद गर्ने र समानन्तर कमिटी गठन गर्ने


अंकुरण खबर
1.001K
Shares

नेकपा एमालेको माधव नेपाल पक्षले आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

शनिबार ११ बजे बैठक राखिएकोले काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरू भेला हुने जनाइएको छ । बैठकमा अध्यक्ष ओलीले पेल्न खोजेको निष्कर्ष निकाले आफ्नो समूहले त्यसको सशक्त प्रतिवाद गर्ने र समानन्तर कमिटी गठन गर्दै अघि बढ्नेबारे निचोटमा पुग्ने जनाएको छ ।

ओलीले नेपाल समुहसंग छलफलनै नगरि महाधिबेशनको मिति तोक्नुका साथै बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा, माधव नेपाललाई हटाएर विदेश विभाग प्रमुखमा राजन भट्टराई, सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्ट, कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेल, प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको थियो ।