logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी


अंकुरण खबर
1.053K
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै सिंगो पार्टीमा एकै रुपले समझदारी कायम गर्ने मामिलामा अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ले ‘ब्रिफिङ’ गरिरहेको बैठकमा सामेल एक सदस्यले जानकारी दिए ।

एमाले र माओवादीलाई अलगअलग गर्ने सर्वोच्चको फैसला, त्यसले पारेको समग्र प्रभाव र आगामी चुनौतिमा पनि दाहाल केन्द्रीत भइरहेका छन् ।

बैठकमा पार्टीको नाम, विधान संशोधन र एमालेमा गएका गृहमन्त्री राबहादुर थापा बादलसहितका २३ जना नेतामाथि कारवाही गर्ने लगायत विषयमा छलफल हुँदैछ ।

माओवादी केन्द्रले उनीहरुलाई शनिबार आफ्नो धारणा पेश गर्न २४ घण्टाको अल्टिमेटम दिँदै स्पष्टीकरण सोधेको थियो ।