logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहा मालपोत विस्फोटः घटनास्थलमा भेटियो गोइत समूहको पर्चा


अंकुरण खबर
767
Shares

सिरहाको लहानस्थित मालपोत कार्यालयस्थित बम विष्फोट भएको ठाउँमा तराईं जनतान्त्रिक मुक्ति मोर्चा ‘गोइत’ समूहको पर्चा फेला परेको छ।

बम विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा फेला परेको प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए।

बम बिस्फोटमा परी ६ जना घाइते भएका छन्। सेवाग्राही पिदनेश भण्डारीको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जनाएको छ। अन्यको भने अवस्था सामान्य छ।

अहिले घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोली पुगेको छ।

घाइतेमध्ये २ जना मालपोत कार्यालयकै कर्मचारी छन्। कार्यालयको दोस्रो तलामा प्रेसर कुकर बम विस्फोट भएको डीआईजी सिंहले जानकारी दिए।