logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा बैठक आज बस्दै, सरकारले पेश गर्ने विभिन्न अध्यादेशहरु अन्योलमा


अंकुरण खबर
767
Shares

पुनःस्थापित प्रतिनिधिसभाको तेस्रो बैठक आज दिउसो बस्दैछ ।

संसद भवन नयाँ वानेश्वरमा दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा सभामुख अग्‍नि सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १०को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यस्तै संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि सम्भावित कार्यक्रम सम्बन्धी सूचनामा उल्लेख छ।