logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलुकीपख पहाडका केही ठाउँमा सामान्य बद्ली हुने


अंकुरण खबर
1.04K
Shares

आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कुनै उल्लेख्य प्रणाली सक्रिय नरहेको कारण देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार प्रि-मनसुनको समय र केही ठाउँमा स्थानीय प्रणाली सक्रिय हुने भएकाले बेलुकीपख पहाडी भेगको केही ठाउँमा सामान्य बादल लाग्ने सम्भावना रहेको छ।

केही उच्च पहाडी र हिमाली क्षेत्रमा मेघ गर्जनसहित सामान्य पानी पर्ने सम्भावना पनि रहेको तर तत्काल ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् ।

प्रि-मनसुनको समयमा पहाडी क्षेत्रमा दैनिकजसो बेलुकीपख सामान्य बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।