logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय वैठक बस्दै


अंकुरण खबर
650
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन्।

प्रतिनिधिसभा विघटन र पुर्नस्थापनापछि दलहरुबीच राजनीतिक मनमुटावको अवस्था बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी हुन् ।

आज दिउँसो ४ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले छलफलका लागि बोलाएको स्रोतले जानकारी दियो । दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप भण्डारीले बैठक बोलाएको स्रोतको दाबी छ ।

उक्त सर्वदलीय बैठकमा पछिल्लो राजनैतिक समसामयिक विषयमा राष्ट्रपतिले छलफल गर्ने बताइएको छ ।
राष्ट्रपतिले दललाई मुलुकको आन्तरिक समस्यालाई समझदारीबाट टुंग्याउँदै अघि बढ्न आग्रह गर्ने शितल निवासले जनाएको छ ।

पुर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई उक्त सर्वदलीय बैठकमा आमन्त्रण गरिएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी थिइन। सो बारे अन्य राजनीतिक दल तथा सम्बन्धित विज्ञसँग त्यसको संवैधानिकताबारे सामान्य परामर्श पनि नगरी तुरुन्तै अनुमोदन गरेको भनी बिभिन्न क्षेत्रबाट आलोचना गरिएको थियो।