logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

च्याउ खाँदा एकै परिवारका ९ जना विरामी


अंकुरण खबर
884
Shares

विषालु च्याउ खाँदा एकै परिवारका ९ जना विरामी भएका छन् । रुपन्देहीमा घरनजिकै रहेको बाँसघारीमा उम्रेको च्याउ खाँदा ७ वर्षीया बालिका देखि ७३ वर्षीया वृद्ध बिरामी परेका हुन् ।

विरामी हुनेमा जिल्लाको सम्मरीमाई गाउँपालिकाका६ का १८ वर्षीया सीमा यादव, ४० वर्षीया गीता यादव, ३३ वर्षीया मन्जु यादव, १० वर्षीय आशिष यादव, ५० वर्षीया चन्द्रमती यादव, १४ वर्षीया रोमा यादव, ७३ वर्षीय रामपुजन यादव, ४० वर्षीया इश्रावती यादव र ७ वर्षीया रोशनी यादव रहेका छन् ।
बुधबार राति च्याउ पकाएर खाएपछि बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएपछि उनीहरु अस्पताल भर्ना भएका हुन् ।