सिन्धुलीमा आज दिउसो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
सिन्धुली सदरमुकामबाट कमलामाई नगरपालिका ७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जीप दुर्घटना भएको हो ।
दुर्घटनामा कमलामाई ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रिता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र दुई वर्षीय मनिष श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मनिष दुर्गाका छोरा हुन् ।
दुर्घटनामा सात जना घाइते भएका छन् । उनीहरुमध्ये चालक सहित दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको नगरपालिकाका मेयर खड्कबहादुर खत्रीले बताए । उनका अनुसार घुम्तीमा मोड्ने बेला जीप दुर्घटना भएको हो ।