logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बीएन्डसीलाई सम्बन्धन दिए प्रधानमन्त्रीविरुद्ध अनशन बस्छु : डा. केसी


अंकुरण खबर
1.781K
Shares

झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिएमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनशन बस्ने डा. गोविन्द केसीले चेतावनी दिएका छन् ।

डा. केसीले मंगलबार पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा ऐनको प्रावधान मिचेर सरकारले सम्बन्धको प्रक्रिया अघि बढाएमा अनशन बस्ने बताए । त्यसपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।

उनले बीएन्डसी कलेजलाई सम्बन्धन दिने प्रक्रिया रोक्न माग गरे । अनियमित तरिकाले सम्बन्धन दिने प्रक्रियामा संलग्न काठमाडौं विश्वविद्यालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको राजीनामा माग गरेका छन् ।

चिकित्सा शिक्षा ऐन र नियमावलीको उल्लंघन गरेर प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा बीएन्डसी कलेजलाई सम्बन्धन दिन लागिएको उनको भनाइ थियो । यसका लागि शिक्षामन्त्री श्रेष्ठले केयू र बीपी प्रतिष्ठानसँग गोप्य सम्झौता गरेको उनले बताए ।

प्रधानमन्त्री ओलीले पनि झापामा क्यान्सर अस्पतालको उद्घाटन गर्दै बीएन्डसी कलेजलाई सम्बन्धन दिने बताएका थिए।