logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढ्यो


अंकुरण खबर
2.34K
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा दुई/दुई रुपैयाँ बढाइएको हो । नयाँ मूल्य पछि अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।

निगमले आन्तरिकतर्फ हवाइ इन्धन प्रतिलिटर २ रुपैयाँले बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ ।

यसअघि निगमले फागुन १७ गते पनि र त्यसअघि पनि इन्धनको मूल्य बढाएको थियो ।