logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका सुवेदी र चुडालको संसदीय सुनुवाइ प्रक्रिया सुरु


अंकुरण खबर
1.105K
Shares

सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएका डाक्टर कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले दुई न्यायाधीशको सुनुवाइ प्रक्रिया सुरु गरेको हो । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको हो ।

समितिले प्रस्तावित न्यायधीशहरुविरुद्ध सूचना प्रकाशित भएको मितिदेखि १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको हो ।

समितिले न्यायाधीशमा सिफारिस व्यक्तिहरूलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाण खुलाएर १० दिनभित्र सूचना वा उजुरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

गत फागुन २८ गते बसेको न्यायपरिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश डा। कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।