logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रमुख नेताबाहेक माधव पक्षका सांसद बालुवाटारतर्फ


अंकुरण खबर
936
Shares

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएका हुन् ।

ललितपुरमा जारी राष्ट्रिय भेलाको दोस्रो दिन पारेर ओलीले संसदीय दलको बैठक राखेपछि आफूहरु सहभागी हुने नहुनेबारे नेपाल–खनाल पक्षका सांसदहरुको बैठक बिहीबार बिहान सानेपास्थित हेरिजेट गार्डेन बसेको थियो ।

उक्त बैठकमा सहभागी सांसदहरुले मिश्रित भनाइ राखेका थिए । केहीले अर्को बैठकदेखि सहभागी हुन सकिने बताएका थिए भने केहीले बैठकमै आफ्ना कुराहरु राख्नुपर्ने बताएका थिए ।

पार्टी एक नै रहेको र संसदीय दल पनि एकै रहेको भन्दै केही सांसदहरूले संसदीय दलको बैठकमा सहभागी हुनुपर्ने र आफ्ना कुरा त्यही बैठकमा राख्नुपर्ने बताएका थिए ।

सांसदहरुको यस्तो धारणा सार्वजनिक भएपछि खनाल नेपालले बैठकमा जाने भए जानुस् भनेको स्रोतको दाबी छ । नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल बाहेकका सांसदहरू दलको बैठकमा सहभागी हुन बालुवाटार गएका छन् ।

सर्वोच्च अदालतको आदेशसँगै पुनस्स्थापित भएपछि एमाले संसदीय दलको बैठक पहिलो पटक बस्न लागेको हो । माधव पक्षले यसअघि बैठकमा नजाने बताउँदै आएको थियो ।