काठमाडौं – कपिलवस्तुमा लागुऔषधसहित दुईजना पर्काउ परेका छन् । जिल्लाको वाणगंगा नगरपालिका-५ खुटेनीबाट प्रहरीको विशेष अप्रेशन टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका-११, भैस्टा निवासी सलाउद्दिन मुसलवान र मकिम भन्ने मजिबुर रहमान रहेका छन्। उनीहरूको साथबाट ९ ग्राम ७९० मिलिग्राम लागुऔषध, नगद १३ हजार नेपाली र भारतीय नगद १ हजार पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
उनीहरूले लागुऔषध भारतबाट खरिद गरी कपिलवस्तुको वाणगंगा नगरपालिकाका विभिन्न स्थानमा बिक्री(बितरण गर्दै आएको अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।
उनीहरूविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।