logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

चाल्नाखेल जंगलमा भेटियो दुई पुरुषको शव


अंकुरण खबर
767
Shares

काठमाडौंको चाल्नाखेल जंगलमा दुई पुरुषको शव भेटिएको छ ।

अन्दाजी २० र २५ वर्षका पुरुषको शव भेटिएको हो  । उनीहरु दुवैको मुखबाट फिँज निस्किएको पाइएको छ ।

स्थानीयले प्रहरीले दुई पुरुषको शव भेटिएको भन्ने जानकारी गराएपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलतर्फ जाँदै छ ।

काठमाडौं परिसरका एसपी तथा प्रवक्ता रमेश बस्नेतले शव भेटिएको पुष्टि गर्दै भने, ‘शव भेटिएको भन्ने खबर आएपछि हामी घटनास्थल जाँदै छौं ।’