logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महान्यायाधिवक्ता खरेलले पदबाट दिए राजीनामा


अंकुरण खबर
1.105K
Shares

महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार दिउँसो १ बजेको पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते  खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन् । खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।

झापाबाट सक्रिय राजनीति गर्दै आएका खरेल यसअघि संविधान सभाको सदस्य समेत रहेका थिए । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीसमेत रहेका खरेल नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुन्।

आगामी निर्वाचनमा झापाबाट चुनाव लड्‍नका लागि तयारी गर्ने भन्‍दै खरेलले राजीनामा दिएको उनी निकट स्रोतले जनाएको छ।