logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विमान चार्टर गरेर ३९ जनासहित राष्ट्रपति बंगलादेश जाँदै


अंकुरण खबर
676
Shares

विमान चार्टर गरेर ३९ जनासहित राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जाँदै छन् ।

नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर भण्डारी सोमबार बंगलादेशको दुईदिने राजकीय भ्रमणमा ढाका जान लागेका हुन् ।

निगमको दुई न्यारोेबडी विमानमध्ये लुम्बिनीले राष्ट्रपतिसहितको टोलीलाई बिहान पौने ९ बजे काठमाडौंबाट बंगलादेश पुर्याउने स्रोतले बताएको छ । भने मंगलबार अर्को न्यारोबडी सगरमाथाले ढाकाबाट काठमाडौं ल्याउनेछ ।

‘पहिलो दिन राष्ट्रपतिसहितलाई ढाका छाडेर विमान रित्तै फर्किनेछ’, निगमका अधिकारीले भने, ‘दोस्रो दिन काठमाडौंबाट रित्तै गएर ढाकाबाट राष्ट्रपतिसहितको राजकीय भ्रमणमा रहेका ४९ जनालाई लिएर आउनेछ ।’

चार्टर भाडाभन्दा ग्राउन्ड ह्यान्डलिङ (पार्किङ) महँगो पर्ने भएपछि निगमले परराष्ट्र मन्त्रालयमार्फत मिनाहाका लागि अनुरोध गरेको अधिकारीले जानकारी दिए । ढाकामा पार्किङबापत ३० हजार डलर लाग्ने बताईएको छ ।