logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

अपडेट : दोर्जी खोलाको बाढीमा ज्यान गुमाउने २ को परिचय खुल्यो


अंकुरण खबर
1.755K
Shares

लमजुङको दोर्दी खोलामा आएको बाढीमा ज्यान गुमाएका ४ मध्ये २ को परिचय खुलेको छ ।

बाढीले बगाएर ल्याएका शव मध्ये पर्साका आन्दाजी २८ वर्षका शिवधन चौधरी र डडेलधुराका आन्दाजी ३४ वर्षका रमेश बुढा रहेको प्रहरीले जनाएको छ । बाढीमा परेर ७ जना बेपत्ता छन् भने ७ जना घाइते भेटिएका छन् ।

अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रमा बुधबार दिउँसो करिव ३ बजेतिर आएको ठुलो बाढीमा परेर ४ जनाको मृत्यु भएको हो । बाढीका कारण जलविद्युत आयोजनाहरुका संरचनामा समेत क्षति भएको छ ।

मृत्यु भएका चारैजना दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार रहेको प्रहरीले बताएको छ । घाइते ६ जना माथिल्लो दोर्दी ‘ए’ कै कामदार रहेका छन् । उनीहरुलाई उपचारका लागि बेंसीसहर पुर्‍याइएको छ ।

दोर्दी खोलामा आएको बाढीले जलविद्युत आयोजनाको निर्माणाधीन ड्याम क्षेत्रमा क्षति पुराएको छ । स्थानीय र  सुरक्षार्थ बसेको नेपाली सेनालाई समेत विस्थापित बनाएको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताएका छन् ।