logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ७७ जना कोरोना संक्रमित, १०६ जना डिस्चार्ज


अंकुरण खबर
1.287K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा ७७ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा ७७ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ३६ हजार ५ सय २६ पुगेको छ।

आइतबार १ सय ६ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ पुगेको छ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ४८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।