logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख भन्छन्- प्रधानमन्त्रीलाई भेट्न समय मागेको छु, समय पाउने अपेक्षा छ


अंकुरण खबर
1.261K
Shares

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट वार्ताका लागि समय मागेका छन् ।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भेटमा संसद् सञ्‍चालनबारे छलफल गर्न सभामुख सापकोटाले भेट वार्ताका लागि समय मागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न पुगेका बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाको भेट भएको थियो ।

सापकोटाले आफूले प्रधानमन्त्रीसँग संसद्लाई प्रभावकारी रूपमा सञ्‍चालन गर्ने र सरकारले ल्याएका बिजनेस अगाडि बढाउनेबारे छलफल गर्न प्रधानमन्त्री ओलीसँग समय मागेको बताए । समय पाउने अपेक्षा आफूले राखेको सापकोटाले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा बदर गरिदिएको थियो । त्यसपछि सापकोटाको ओलीसँग औपचारिक भेट भएको छैन ।