संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ ।
संसद पुनर्स्थापना भएपछि प्रतिनिधिसभाको पाचौँ बैठक बस्न लागेको हो ।
आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने सम्भावित कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
पुनर्स्थापनापछि बसेको चारवटा बैठकपछि पनि प्रतिनिधिसभामा सरकारले विधयेकहरु पेश गरेको छैन । जसका कारण संसद बैठक विजनेशविहीन जस्तै भएको छ ।