कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिका एक लम्की चौराहामा आज बिहान बसले ठक्कर दिदा २३ वर्षीया कमला देबकोटाको मृत्यु भएको हो ।
धनगढीबाट टीकापुर जादै गरेको ना ७ ख ८८३३ नम्बरको कर्णाली रिभर यातायातको बसले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका एक थपालीपुर बस्ने देबकोटाको मृत्यु भएको छ ।
बसको ठक्करबाट देबकोटाका ३ वर्षीय छोरा समेत घाइते भएका छन् । घाइते बालकको अहिले उपचार भइरहेको छ ।
ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा लिएको छ ।
बस चालकलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै स्थानीयले पुर्वपश्चिम राजमार्ग संगै लम्की बजार समेत बन्द गरेका छन् । चौराहामा राखिएको प्रहरी बिट लगायतका स्थानमा आगजनी समेत गरेका छन् ।