logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट


अंकुरण खबर
1.508K
Shares

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँ कारोबार भएको छ ।