जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन् ।
मंगलबार बिहान जसपा अध्यक्ष ठाकुरसहित नेताहरु सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण प्रधानमन्त्री निवास बालुवाटार पुगेको जसपाका एक नेताले बताए ।
‘पार्टी अध्यक्ष ठाकुरसहितका नेताहरु प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटार जानु भएको छ’, ती नेताले भने, ‘अहिले छलफल जारी छ।’ उनले छलफलका विषयमा भने खुलाउन चाहेनन्।
जसपा अध्यक्ष ठाकुर पक्ष नयाँ सत्ता समीकरणबारे प्रधानमन्त्री ओलीसँग निरन्तर छलफलमा रहेको छ।
सोमबार साँझ पनि प्रधानमन्त्री ओली र जसपाका नेताहरुबीच छलफल भएको ती नेताले बताए ।