logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बसको ठक्करबाट युवतीको मृत्युपछि कैलाली तनावग्रस्त, प्रहरीको गोली लागेर २ जना घाइते


अंकुरण खबर
1.807K
Shares

बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त बनेको छ ।

बसको ठक्करबाट युवतीको मृत्यु पश्चात स्थानीयले गरेको आन्दोलनलाई तितरवितर गर्न खोज्दा प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर २ जना आन्दोलनकारी घाइते भएको छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले आक्रोशित भिडले इलाका प्रहरी कार्यालय लम्कीभित्र पसी प्रहरीलाई हातपात गर्न थालेपछि गोली चलाइएको बताए ।

उनले घाइते दुबै जनालाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको पनि जानकारी दिए । यस्तै झडपका क्रममा केही प्रहरी समेत घाइते भएको बताइएको छ ।

मंगलबार बिहान लम्कीचोकमा ना ६ ८८३३ नम्बरको बसले लम्कीचुहा नगरपालिका १ बस्ने २२ वर्षीया कमला देवकोटालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । बसको ठक्करबाट देबकोटाका ३ वर्षीय छोरा समेत घाइते भएका थिए ।

घटनालगत्तै स्थानीयले सडक अवरुद्ध पार्दै आन्दोलन गरेका थिए । प्रहरीले बसका चालक बर्दगोरिया १ बस्ने पुष्प कडेललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ ।

अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।