logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली र जसपा नेताहरुबीचको छलफल निष्कर्षविहीन


अंकुरण खबर
1.404K
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीचको छलफल निष्कर्षविनै टुंगिएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भएको प्रधानमन्त्री ओली र जसपा नेताहरुसँगको छलफलमा कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी एक नेताले बताए। ‘आजको छलफलमा पनि पुरानै कुरा दोहोरिए, कुनै सहमति हुन सकेन’, ती नेताले भने।

आजको छलफलमा प्रधानमन्त्री ओलीले जसपा नेताहरुलाई सरकारलाई समर्थन गर्न र तत्काल सरकारमा सहभागी हुन आग्रह गरेका थिए भने जसपा नेताहरुले आफ्ना माग पुरा हुनुपर्ने पुरानै अडान दोहो¥याएका थिए।

छलफलमा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा सहभागी हुन आग्रह गरेको र सरकारमा सहभागी हुनुअघि जसपाले उठाएका माग पूरा गर्नुपर्ने जवाफ दिएको बताए।

‘प्रधानमन्त्रीजीले सरकारलाई समर्थन गरेर सरकारमा सहभागी हुनुस् भन्नुभयो’, कर्णले भने, ‘हामीले हाम्रा माग पहिला पूरा गर्नुहोस् अनि सोचौँला भन्ने जवाफ दियौं।’ त्यसपछि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी भएपछि सबै मागको सम्बोधन गर्न सकिने बताएका थिए।

उनले आफूहरुले माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने स्पष्ट जवाफ दिएको बताए।

‘सरकारमा आउनुअघि नै हाम्रा माग सबै पूरा गर्नुपर्छ, तपाईँले गर्छु भनेको काम पहिला गर्नुहोस् भन्यौं’, कर्णले भने।