बागलुङको बडिगाड गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
बडिगाड गाउँपालिका-८ नेटाखर्कमा मंगलबार साँझ चट्याङले लागेर अमरे विकका ८ वर्षीय छोरा खिम विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
विक घरमै बसेको समयमा चट्याङ लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी इकवाल हवारीले जानकारी दिए ।
चट्याङ्ले घरमा पनि सामान्य क्षति गरेको छ ।