logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वार्थले अदालत र अख्तियारको दुरुपयोग गर्दा काममा चौतर्फी नोक्सान : विद्यासुन्दर शाक्य


अंकुरण खबर
1.768K
Shares

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अदालत र अख्तियार सधै निष्पक्ष हुनुपर्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाबाट भएको न्यायिक कार्यको निरीक्षणका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीशसंगको छलफलमा शाक्यले व्यक्तिगत लाभ र राजनीतिक स्वार्थले अदालत र अख्तियारको दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएका हुन् ।

उनले महानगरले गरेका काममा राजनीतिक र व्यक्तिगत स्वार्थका कारण अख्तियार र अदालतमा मुद्दा हाल्ने प्रवृत्ति बढेका कारण विकास निर्माणमा बाधा पुगेको बताए । यस्ता प्रवृति बढ्दै जादा बिकासमा धेरै असर गरेको शाक्यको भनाई थियो । ‘उनले भने अदालतमा मुद्दा परेका कारण रानीपोखरी पुनर्निर्माणको लागत करीब ६ करोड बढ्यो ।‘

छलफलका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले उच्च अदालत र सर्वोच्च अदालतका न्यायाधीशहरु जिल्ला अदालतको निरीक्षणमा आउँदा आफूले सबै कुरा राख्ने र काम गराई पनि पारदर्शी,राम्रो हुनुपर्ने बताए।