सरकारले होली पर्व घरमै मनाउन आग्रह गरेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेका छन्।
कोरोना भाइरस संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो।
रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ।
आज नेपालमा ३९६३ परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको छ।