logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहाडका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्न सक्ने


अंकुरण खबर
1.547K
Shares

आज पहाडी क्षेत्रका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

आज दिउँसो पहाडी क्षेत्रमा आंशिक बद्ली भएर मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज राति सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी क्षेत्रमा आंशिक बद्ली रहेर अरु ठाउँको मौसम सफा रहने महाशाखाका मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली रही बाँकी क्षेत्रको मौसम सफा रहेको छ । अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत थोरै प्रभाव रहेको छ ।