logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टाउको काटिएको अवस्थामा शव भेटियो


अंकुरण खबर
780
Shares

सर्लाहीको मलगंवा नगरपालिका-१० मा टाउको काटिएको अवस्थामा शव फेला परेको छ ।

खेतमा फलिएको अवस्थामा आज (बिहीबार) भेटिएको सो शव ३० वर्षीय सुशील रायको भएको सर्लाही प्रहरीले जनाएको छ ।

रायको टाउको र शरीर ६० मिटर दूरीमा बरामद भएको प्रहरीको भनाइ छ ।

यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।