logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीको संसदीय दल र नेपाल-खनाल पक्षको केन्द्रीय समिति बैठक बस्दै


अंकुरण खबर
845
Shares

नेकपा एमाले भित्र दुवै पक्षले एकै दिन दुई फरक-फरक बैंठक बोलाएका छन् ।

एमालेको नेपाल–खनाल पक्षले  विहान  ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । यता ओली पक्षले आज दिउसो संसदीय दलको बैठक बोलाएको छ ।

नेपाल खनाल पक्षको केन्द्रीय कमिटि बैठक कलंकीको एक पार्टी प्यालेसमा बस्ने तयारी छ भने ओलीले बोलाएको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।

नेपाल खनाल पक्षको केन्द्रीय कमिटि बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यलाई बोलाइएको छ। पार्टीभित्र अहिले देखिएको विवादमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको नेताहरुले बताएका छन् ।

नेपाल–खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएका छन्।

यो निर्णय अवैधानिक भन्दै नेपाल–खनाल पक्षले समानान्तर कमिटी गठन गरिरहेको  छ भने  ओली पक्षले राखेका केन्द्रीय समिति तथा संसदीय दलको बैठक बहिष्कार गर्दै आएको छ ।

सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेकपा अवैधानिक भन्दै पहिलेकै एमाले र माओवादी केन्द्र कायम गर्ने फैसला गरेपछि एमालेमा तीव्र विवाद सुरु भएको छ।