logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली सरकारमा जादैनौं, ओलीलाई हटाउन कांग्रेस अघि सरे सघाउँछौं : अध्यक्ष यादव


अंकुरण खबर
1.703K
Shares

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी सत्तामा नजाने बताएका छन् ।

शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा यादवले ओलीलाई पदबाट नहटाएसम्म प्रतिगमनको खतरा कायमै रहेको बताएका हुन् ।

उनले ओलीलाई तत्काल पदबाट हटाउनका लागि कांग्रेस अघि बढे जसपाले समर्थन गर्ने बताउँदै उनले भने, ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनै पर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ,’ ‘त्यसका लागि कांग्रेस अघि बढोस्, हामी समर्थन गर्न तयार छौं ।’

उनले ओली नेतृत्वको सरकारमा आफूहरु सहभागी नहुने बताउँदै उनले भने, ‘यो प्रतिगमनकारी सत्ता हो, समावेशितालाई समाप्त पार्छ । हामी ओली सरकारमा जाँदैनौं ।’

जसपाभित्र दुई धार देखिएको चर्चा भइरहेका बेला उनले मुद्दा खारेजी र बन्दी रिहाइबारे सरकारसँग छलफल भएको तर सत्ता साझेदारी हुन नसक्ने स्पष्ट पारे ।