पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार २ सय ९९ जना सक्रिय संक्रमित छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ५६ हजार ३ सय पुगेको छ ।
शुक्रबार ७० जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
आज कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । तर गत २४ घण्टामा चार जनाको मृत्यु भएको तथ्यांक मन्त्रालयले प्राप्त गरेको छ । नेपालमा कुल संक्रमित मृतकको संख्या ३ हजार २४ छ । हाल ५२ जना क्वारेन्टाइनमा छन् ।