logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माधवकुमार नेपाल र नेता भीम रावललाई ६ महिना पार्टीबाट निलम्बन गर्न सूर्य थापाको माग


अंकुरण खबर
1.209K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई कम्तीमा ६ महिना पार्टीबाट निलम्बन गर्नुपर्ने बताएका छन्।

थापाले नेता नेपाल र रावललाई ६–६ महिना निलम्बन गरेर पार्टीको शुद्धीकरण अभियान बढाउनुको विकल्प नभएको बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले अध्यक्ष ओलीलाई अर्घेलो देखाउन खोज्ने, केन्द्रीय कमिटीका १०औँ, ११औँ र १२औँ बैठकप्रति अनादर, अपमान र अनुचित टिप्पणी गर्ने, समानान्तर गतिविधि गर्ने र बार्गेनिङ गर्ने जस्ता कार्यहरु अब मान्य र स्वीकार्य नहुने जीकिर गरेका छन्।

प्रेस सल्लाहकार थापाले पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित एक दर्जन नेतामाथि कारबाहीको घोषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा स्वरमा स्वर मिलाउन तछाडमछाड गरेकाहरुले नै अहिले पार्टी एकताका लागि तछाडमछाड गरेको स्टाटसमा उल्लेख गरेका छन् । थापाले माधव नेपाल पक्षका नेतालाई प्रचण्ड र माधव नेपालका  इमान्दार नोकर बनेको आरोप लगाएका छन् ।