logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मानव बेचबिखन मुद्दाका अभियुक्त बानेश्वरबाट पक्राउ


अंकुरण खबर
1.196K
Shares

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका अभियुक्त झापा शिव सताक्छी नगरपालिका-११ ठेगाना भएका ४४ वर्षीय शेखर बहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ।

वर्दिया मधुबन नगरपालिका-७ बाट गत फागुन १६ गते २ जना महिलालाई भारततर्फ लग्न लागिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले ओसारपसारमा संलग्न सोही नगरपालिका-१ जगमोहन चोक बस्ने २५ वर्षीय कन्हैयालाल यादवलाई पक्राउ गरेको थियो।

सोधपुछ तथा अनुसन्धानको क्रममा भारतको दिल्ली हुँदै ओमान पठाईदिन्छु भनि ललाई फकाई प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लग्न लागिएको भन्ने खुल्न आएको थियो।

साथै थप अनुसन्धान गर्ने क्रममा सोही अपराधिक कार्यमा शेखर बहादुर नेपालतर्फबाट मुख्य एजेन्ट भई पटक-पटक व्यक्तिहरुलाई सम्पर्कमा ल्याई प्रलोभनमा पारी विभिन्न व्यक्तिसँगको संलग्नतामा भारततर्फ पठाउने कार्य गर्दै आएको खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया तथा महानगरीय अपराध महाशाखा काठमाडौंको संयुक्त टोलीले काठमाडौं बानेश्वर क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई बिहीबार पक्राउ गरेको हो।