logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

होलीले आत्मियता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति भण्डारी


अंकुरण खबर
1.495K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाको अवसरमा आपसी मेलमिलाप र सद्भावको सन्देश दिएकी छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, आरोग्य एवम् समृद्धिका कामना गर्दै राष्ट्रपति भण्डारीले होलीले आत्मियता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताईन् ।

सन्देशमा उनले कोभिड–१९ को महामारी टरिनसकेको अवस्थामा पूर्ण सावधानीका उपायहरू अपनाएर फागुपूर्णिमा पर्व मनाउन समेत अनुरोध गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय अवश्यम्भावी हुने सन्देश प्रवाह गर्ने र लोक संस्कृतिको प्रवर्द्धन गर्न उत्प्रेरणा प्रदान गर्ने सन्देशमा उल्लेख गरेकी छन् ।