logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुचारू


अंकुरण खबर
806
Shares

आज (आइतवार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनमा आएको छ ।

वायु प्रदुषणले भिजिविलिटी कम हुँदा प्रभावित भएको विमानस्थल पुनः सञ्चालनमा आएको हो ।

केहीसमय अघिदेखि विमान उडान तथा अवतरण नियमित भइरहेको विमानस्थल प्रशासनले जनाएको छ । प्रशासनले दिएको जानकारी अनुसार आन्तरिक तथा बाह्य दुवै उडान भइरहेको छ ।

खराब मौसमका कारण शुक्रवार र शनिवार केही समय प्रभावित भए पनि आज नियमित उडान भइरहेको जनाइएको छ ।