logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्यान्मारमा सेनाले गरिरहेको रक्तपातको नेपाली काँग्रेसद्वारा निन्दा


अंकुरण खबर
3.471K
Shares

नेपाली काँग्रेसले म्यानमारको सेनाले नागरिकमाथि दमन गरेकोप्रति निन्दा गरेको छ।

म्यानमारमा सैनिक सरकारले नागरिक प्रदर्शनमा गरिरहेको नरसंहार अत्यन्तै अमानवीय रहेको कांग्रेसले जनाएको छ।

जनतामाथिको दमन रोकेर निर्वाचित सरकार बहाल गर्न, आङ साङ सूकी लगायतका नेताहरुलाई रिहा गर्न अन्तराष्ट्रिय दबाब बढाउनुपर्नेमा कांग्रेसले जोड दिएको छ।

‘म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय छ। जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकी लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाब बढाउन आवश्यक देखिएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ।