logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चमा प्रस्तावित न्यायाधीश सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी


अंकुरण खबर
819
Shares

सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित नहकुल सुवेदीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा उजुरी परेको छ।

वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठीले सुवेदी सर्वोच्चको न्यायाधीश हुन न्यूनतम एवम् आधारभूत योग्यता समेत नपुग्ने भन्दै उजुरी पेश गरेका हुन्।

उजुरीमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनका लागि संविधानको धारा १२९९५० ले गरेको व्यवस्था सुवेदीको हकमा नपुग्ने जिकीर गरिएको छ।

न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश रहेका सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुँडालको नाम सिफारिस गरेको थियो।

संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरूको संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

संसदीय सुनुवाइपछि परिषद्ले संविधानको धारा १ सय २९ बमोजिम नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ।

nahakul-2_1.jpg

nahakul-1.jpg