प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि नेपाल खनाल समूह आन्तिरिक छलफलमा जुटेको छ ।
मंगलबार कलंकीस्थित मेगा बैंक्वेटमा नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरू छलफलमा जुटेका हुन् । छलफलमा उक्त समूहका अधिकांश नेताहरु सहभागी भएका छन् । नेपाल समूहमा १४ जना स्थायी कमिटी सदस्य छन् ।
नेता नेपालसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, अमृत बोहरा, रघुजी पन्त, बेदुराम भुसालबीच छलफल जारी छ । नेता झलनाथ खनाल भने केही ढिलो गरि कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
अध्यक्ष ओलीले २ जना नेतालाई कारबाही गरेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न नेताहरु भेला हुन लागेको नेपाल पक्षका १ जना स्थायी कमिटी सदस्यले जानकारी दिए । देशव्यापी समानान्तर संरचना बनाउने नेपाल समूहको तयारी छ ।