logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफ्नै घरमा २५ वर्षीया महिलामाथि जबरजस्ती करणी


अंकुरण खबर
806
Shares

ओखलढुंगामा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभञ्ज्याङ गाउँपालिका(५ रिचुवा बस्ने जन्ते भन्ने २४ वर्षीय जनक राईलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो ।

राईले ती महिलालाई बिहीवार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।