धनकुटाको धनकुटा नगरपालिका ९ मुलघाट स्थितमा रहेको तमोर होटल नजिक बाट सेल्फि खिच्ने क्रममा तमोर नदिमा खसेर १ जना बेपत्ता भएका छन् ।
धनकुटा नगरपालिका ७ धनकुटा बजार बस्ने अंदाजी २२-२३ बर्षिया सुजना कटवाल साथिहरु संग घुम्ने क्रममा उक्त घटना घटेको हो ।
घटनाबारे जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी मुलघाट बाट प्रहरीको टोली खटि खोजतलाश गरीरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।