नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।
आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार छापावाल सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार तेजाबी सुनको मूल्य तोलाको ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदकिो मूल्य तोलाको १ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार चाँदीको मूल्य १ हजार २ सय १५ रुपैयाँ थियो ।