logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा एटीएम ह्याक गरी रकम लुट्ने चिनियाँ नागरिक पक्राउ


अंकुरण खबर
715
Shares

काठमाडौंमा बैंकको एटीएम ह्याक गरी रकम चोरी गर्ने १ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ गरिएको हो।

काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठास्थित मेगा बैंकको एटीएम ह्याक गरेर पैसा निकाल्न खोजेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

एउटा व्यक्तिले एटीएम मेसिनको किबोर्डबाट पीन नम्बर ह्याक गर्न लागेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त दरबारमार्ग र प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले लाङलाई पक्राउ गरेको हो ।

विगत केही वर्षयता चिनियाँ नागरिक एटिएम बुथ ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न हुँदै आएको तथ्य बाहिरिएको थियो।