विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) विशेषज्ञहरूको टोलीले कोरोना भाइरसको स्रोतको अनुसन्धान गर्दै चीनको वुहानको प्रयोगशालाबाट यो भाइरस उत्पन्न भएको भन्ने दाबीलाई अस्वीकार गरेको छ ।
डब्लुएचओको विशेषज्ञहरूको एक टोली कोरोना भाइरसको स्रोतको अनुसन्धान गर्न चीनको भ्रमणमा गएका थिए। अनुसन्धान टोलीको रिपोर्टमा कोरोना महामारीकाबारेमा केही महत्वपूर्ण कुरा उल्लेख गरेको बीबीसीले जनाएको छ।
डब्लुएचओका महानिदेशक डा। टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘विशेषज्ञहरूको टोलीले प्रस्तुत गरेको रिपोर्टले राम्रो सुरुवातको संकेत दिएको छ। तर, यो अन्तिम होइन। अहिलेसम्म भाइरसको उत्पतिको स्रोत प्राप्त गरेका छैनौँ। उक्त दस्तावेज चीनका १७ विशेषज्ञ र १७ अन्तर्राष्ट्रिय विज्ञहरुको समुहले अनुसन्धान गरी तयार गरिएको थियो।
अन्वेषणका लागि टोली यस वर्षको जनवरीमा चीन पुगेको थियो, जहाँ उनीहरूले १४ दिनसम्म अस्पताल, बजार र प्रयोगशालाहरूको भ्रमण गरेका थिए । उनीहरूले आधिकारिक सूचनाहरु जम्मा गरे भने अन्य देशहरूले गरेको अध्ययनको समीक्षा समेत गरे।
यसैगरी, उनीहरुले दक्षिण चीनको बजारमा आपूर्ति गरिने खेतहरुको नमूना समेत विश्लेषण गरेका थिए। यद्यपि,अनुसन्धान स्थानीय अधिकारीको कडा नियन्त्रणमा गरिएको थियो, जसले सुरुमा यसको विरोध गरेको थियो।
एक बर्ष भन्दा बढी समय लगाएर डब्लुएचओले रिपोर्ट जारी गरेको छ, तर यसले उत्तर भन्दा धेरै प्रश्नहरू खडा गरेको छ। विज्ञहरूका अनुसार मानवमा भाइरस प्रसारित हुनु भन्दा अघि संभवतः चेमेराबाट फैलिएको हुन सक्ने अनुमान लगाएका छन्। यद्यपि भाइरस जनावरबाट आएको हो भनेर संकेत गर्न पर्याप्त प्रमाण अझै जुटिनसकेको संचार माध्यमहरुले जनाएका छन्।
चीन बाहिरका वैज्ञानिक, नेता तथा विज्ञहरुले कोरोना भाइरस गल्तीले चीनको प्रयोगशालाबाट बाहिर आएको भन्ने सिद्धान्तलाई बढावा दिएका थिए। यद्यपि धेरै विज्ञहरूले यस सिद्धान्तमाथि सन्देह जनाएका छन्। जसकारण विश्व स्वास्थ्य संगठन टोलीलाई पूर्णरुप यसको खोजी उत्पतिकाबारेमा अध्ययन गर्न आग्रह गरिएको थियो। यद्यपि, संगठनले प्रस्तुत गरेको रिपोर्टमा चीनको वुहानको प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने दाबीलाई पूर्णरुपमा खारेज गर्दिएको छ। रिपोर्टमा प्रयोगशालाबाट फैलिएको भन्ने कुनै सम्भावना छैन।
विज्ञहरूका निष्कर्ष केवल वुहानका वैज्ञानिकहरूसँगको अन्तरक्रियामा आधारित छन्। यसको स्रोत पत्ता लगाउन अझ अध्ययन आवश्यक रहेको उक्त टोलीले जनाएको छ।