logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु


अंकुरण खबर
2.652K
Shares

नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षका स्थायी कमिटी बैठक सुरु भएको छ ।

कलंकीस्थित मेगा पार्टी प्यालेसमा बैठक निधारित सयमभन्दा केही ढिलो गरि सुरु भएको हो ।

बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा नेताहरु सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, युवराज ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई,अष्टलक्ष्मी शाक्यलगायत सहभागी छन् ।

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित चार जनालाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि नयाँ रणनीति बनाउनका लागि छलफलमा जुटेको नेताहरुले बताएका छन् ।

कारवाही लगत्तै समानान्तर कमिटी बनाउन सक्रिय रहेको उक्त समूहले आगामी कदमहरुबारे छलफल गर्न लागेको हो ।

आजको बैठकले खनाल-नेपाल पक्षले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने छ । बैठकले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना बनाउने बताइएको छ ।